ईदका अवसरमा जेलमुक्त भए पाँच सय तालिबानी

अफगान राष्ट्रपति अस्रफ घानीले शुक्रबार ईदका अवसरमा पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिनु भएको छ । गत फेब्रुअरीमा संयुक्तराज्य अमेरिकासँग तालिबान समूहले गरेको सम्झौतामा उल्लेखित सबै पाँच हजार तालिवानी पछिल्लो पटक गरिएको रिहाईसँगै मुक्त भएका राष्ट्रपति घानीले जानकारी दिनुभयो ।

सदभाव प्रस्तुत गर्न र शान्ति वार्तालाई गति दिन बाँकी ५०० तालिबानी लडाकूलाई ईदका अवसरमा रिहा गरिएको राष्ट्रपति घानीले भन्नुभयो । यसअघि चार हजार ६०० जना बन्दीलाई रिहाई गरएिको तर ४०० जना निकै खतरनाक ठानिएका लडाकूहरुलाई मुक्त गरीएको छैन ।

गम्भीर अपराधको दोष लागेका ४०० तालिबानी लडाकूलाई रिहाईको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको राष्ट्रपति घानीले बताउनुभएको छ । राष्ट्रपतिके अनुसार अफगानी ज्येष्ठ एवं प्रवुद्ध समूहको भेलाले मात्र उनीहरुको भाग्यको फैसला गर्न सक्छ । तालिबानले उक्त भनाईप्रति कुनै टिप्पणी गरेको छैन ।

तालिबानले गएको बिहीबार आफ्नो कब्जामा रहेका सबै एक हजार सरकारी फौजलाई रिहाई गरिसकेको बताएका छन् । पूर्वशर्तका रुपमा रहेको युद्धबन्दीहरुको आदानप्रदान पछि घानी र तालिबानले यसै साता ईद लगत्तै वार्ता शुरु गर्ने संकेत दिएका छन् ।