दक्षिण अफ्रिकाका विद्यालय र क्याम्पसहरु बन्द गर्ने घोषणा

दक्षिण अफ्रिकाको सरकारले विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको हो ।

शुक्रबार सो सम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले दिनुभएको हो । यही जुलाई २७ तारिखदेखि अगष्ट २४ तारिखसम्म विद्यालय र विश्वविद्यालयहरु बन्द गर्ने आदेश जारी गरिएको अधिकारीहरुले जनाएका छन् । दक्षिण अफ्रिकामा जुलाई १२ देखिको तथ्यांकमा १ लाख ३० हजार जनामा यो संक्रमण देखिएको छ ।

त्यहाँ ४ लाखभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ । संक्रमितहरु देखिएकोले विद्यालय, विश्वविद्यालयहरु बन्द गराइएको त्यहाँको सरकारले जनाएको छ ।