चीनले पठाएको तियानवेन यान आगामी फेब्रुअरीमा मंगल ग्रहमा पुग्ने

चीनले पहिलो पटक मंगल ग्रहमा आफ्नो तियानवेन नामको यान पठाएको छ। बिहीबार १२ बजेर ४१ मिनेट जाँदा तियानवेन नामको उक्त यानले जमिन छोडेको हो। हैनान टापुमा लङमार्च-५ रकेटबाट गएको उक्त यान आगामी फेब्रुअरीमा मंगल ग्रहमा पुग्ने अपेक्षा गरिएको साउथ चाइना मर्निङ पोष्टकाले जानएको छ ।

९० दिन काम गर्नेगरी मंगल ग्रहमा पुग्ने उक्त यानले ल्यान्डिङ प्रक्रियामा सबैभन्दा कठिन चार स्टेपमा गर्नुपर्ने जसका लागी सातदेखि आठ मिनेटसम्म लाग्ने सक्ने इनिज एकेडेमी अफ साइन्सेसका विज्ञ वाओ वेइमिनले गत जुनमा समाचार संस्था सिन्ह्वासँग भनेका थिए ।

पृथ्वीको भन्दा लामो दिन हुने मंगल ग्रह सूर्यबाट चौथो टाढा रहेको ग्रह हो । सौर्य मण्डलमा दोस्रो सानो ग्रह मंगल पृथ्वीको सबैभन्दा नजिक छ।

६ दशक लामो अध्ययन भएको मंगल ग्रहमा सन् १९६० को अक्टोबरमा सोभियत युनियनले पहिलो पटक यान पठाउन खोजे पनि लन्चका क्रममा ध्वस्त भएको थियो । पुन: अर्को ल्यान्डर पठाएको सोभियत युनियनले दोस्रा पटक भने मंगल ग्रहको सतहमा सफलतापूर्वक अवतरण गरेर १४।५ सेकेन्डमात्र काम गर्यो।

युएईले पनि आफ्नो यान ४ दिनअघि मंगल ग्रहका लागि पठायो। फेब्रुअरीमै मंगल ग्रहको सतहमा पुग्ने अपेक्षा गरिएको उक्त यान अरब मुलुकबाट मंगल ग्रहमा यान पठाइएको पहिलो हो ।

[sidebar name="button post"]