अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्बन्धमा हमासलाई ‘अन्तिम चेतावनी’ दिएका छन्। ट्रम्पले सामाजिक प्लेटफर्म ट्रुथमा एक पोस्ट गर्दै यस्तो चेतावनी दिएका हुन् ।
ट्रम्पले लेखेका छन्, ‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदैछु, हमासका एक सदस्यले पनि मेरो कुरा सुनेनन् भने सुरक्षित हुनेछैनन् ।’ ह्वाइट हाउसले बन्धकहरूको मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि यो समाचार आएको हो।
[sidebar name="button post"]









