सोमालियामा कारबाहीका क्रममा १३६ लडाकाको मृत्यु

सोमालियामा अल सेबाबका कम्तीमा पनि १३६ जना लडाका मारिएका छन् । अल सेबाबका लडाकाका विरुद्धमा यहाँको सुरक्षा फौजले गरेको कारबाहीका क्रममा ती लडाका मारिएका बताइएको छ । अधिकारीहरुले गएका केही हप्तायतादेखि यहाँ हिंसा जारी राखेको सो समूहका विरुद्धमा सैन्य कारबाही थालेको छ ।

दक्षिण सोमालियामा गरिएको सो सैन्य कारबाहीमा परेर अरु तीनजना कमाण्डर पनि मारिएका बताइएको छ । शनिबार र आइतबार गरिएका सो कारबाहीमा उनीहरु मारिएका सोमालियाका सूचना मन्त्री अब्दिरमान युशुफ अल अदालाले जानकारी दिएको छ ।