आज २०७९ साल असोज १० गते सोमबार। सन् २०२२ को सेप्टेम्बर २६ तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन्।
सन् २००८ सेप्टेम्बर २६ मा स्वीस डेयरडेभिल, पाइलट र अविष्कारक इभ रसी जेट-पावर्ड विङको सहायताले इङ्लिश च्यानल पार गर्ने पहिलो व्यक्ति बनेका थिए।
सन् १८१० सेप्टेम्बर २६ मा उत्तराधिकारको स्वीडिश अधिनियम पारित गरिएको थियो। स्वीडेनको संविधानको भाग रहेको सो ऐन स्वीडिश शाही परिवारको उत्तराधिकारलाई नियमन गर्दछ।
सन् १९४३ सेप्टेम्बर २६ मा अष्ट्रेलियाली क्रिकेटर इयान चैपलको जन्म भएको थियो। उनले सन् १९७१ देखि सन् १९७५ सम्म अष्ट्रेलियाली क्रिकेट टोलीको कप्तानको जिम्मेवारी निर्वाह गरेका थिए।
सन् १९१७ सेप्टेम्बर २६ मा ‘पोलिगन वूड’को युद्ध सुरु भएको थियो। बेल्जियमको ईप्रामा पहिलो विश्व युद्धअन्तर्गत बेलायती र अष्ट्रेलियाली सेना तथा जर्मन सेनाबीच यो युद्ध भएको थियो।









