युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार गाडीको दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ।

बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको बिबिसीले जनाएको छ।

राजधानी किएभमा भएको दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट भने लागेको छैन।

राष्ट्रपति सवार गाडीलाई ठक्कर दिएका कार चालक भने घाइते भएका छन्। उनी अस्पतालमा उपचाररत छन्।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

[sidebar name="button post"]