Ad #144479

आज २०७९ साल भदौ ३० गते बिहीबार । सन् २०२२ को सेप्टेम्बर १५ तारिख । आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २००८ सेप्टेम्बर १५ मा ‘लेहमन ब्रदर्स होल्डिङ्स इङ्क.’ ले अध्याय ११ दिवालियापन संरक्षणको लागि निवेदन दिएको थियो । संयुक्त राज्य अमेरिकाको इतिहासमा यो सबैभन्दा ठुलो दिवालियापन थियो ।

सन् १९६३ सेप्टेम्बर १५ मा ‘कू क्लक्स क्लान’ नामक बम विस्फोट हुँदा ४ अफ्रिकी–अमेरिकी युवतीहरुको मृत्यु भएको थियो । अलाबामाको बर्मिंघमस्थित मुख्यतः काला जाति समुदायको चर्चको रुपमा चिनिने १६ औँ स्ट्रीट ब्याप्टिस्ट चर्चमा ‘ह्वाईट सुप्रिमेसी ग्रुप’ का ४ सदस्यहरुले ‘टाईम बम’ जडान गरेका थिए ।

सन् १९८१ सेप्टेम्बर ५ मा ‘जोन बुल’ नामक रेल पहिलो पटक सञ्चालनमा आएको थियो । बेलायतले बनाएको सो रेल संयुक्त राज्य अमेरिकाको न्यू जेर्सीमा सञ्चालनमा आएको थियो ।
सन् १९५३ सेप्टेम्बर १५ मा नाजी पार्टीले स्थापना गरेका न्युरेम्बर्ग कानुन लागु भएको थियो। सो कानुनअन्तर्गत यहुदीहरुलाई नागरिकता दिन खारेज गर्नुको साथै यहुदीहरुलाई गैर यहूदीसँग सम्बन्ध राख्न निषेध गरेसँगै स्वस्तिकलाई जर्मनीको औपचारिक चिन्ह घोषणा गरिएको थियो ।

सन् १९७१ सेप्टेम्बर १५ मा ‘ग्रीनपीस’ नामक वातावरण समूहको स्थापना भएको थियो ।

सन् १९६८ सेप्टेम्बर १५ मा यूएसएसआरले ‘जोन्ड ५’ नामक अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । चन्द्रमाको कक्ष प्रवेश गरेर पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने सो पहिलो यान बनेको थियो ।

कप्रिय छन् ।