झडपमा परि एक इजरायली सैनिक र दुई प्यालेस्टाइनीको मृत्यु

कब्जामा रहेको वेस्ट बैंकमा अवस्थित एक प्रहरी जाँचचौकी नजिकै बुधबार राति भएको झडपमा एक इजरायली सैनिक र दुई प्यालेस्टाइनी मारिएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गिल्बोआ क्रसिङनजिकै रातभर प्यालेस्टाइनी आतङ्ककारीहरुसँगको झडपमा आइडिएफ (सेना) एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँचचौकीनजिकै दुई युवा शहीद भएको पुष्टि गरेको छ ।

[sidebar name="button post"]