संयुक्त अरब ईमिरेट्स यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नयनको ७३ वर्षको उमेरमा आज निधन

संयुक्त अरब ईमिरेट्स यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नयनको ७३ वर्षको उमेरमा आज निधन भएको छ ।

यूएईको एक प्रान्त आबुधाबीका शासक पनि रहनुभएका राष्ट्रपति खलिफाको निधनमा ४० दिनसम्म राष्ट्रिय झण्डालाई आधा झुकाएर शोक मनाउने घोषणा गरिएको छ । यस्तै तीन दिनसम्म मन्त्रालय, सरकारी तथा निजी सबै कार्यालयहरु बन्द गर्ने त्यहाँको राष्ट्रपतिको कार्यालयलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ ।

शेख खलिफा विगत केही वर्षदेखि बिरामी हुनुहुन्थ्यो । उहाँ आफ्ना बुवा शेख जायद बिन शुल्तान अल नयनको निधनपछि सन् २००४ देखि यूएईको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । शेख खलिफालाई आधुनिक यूएईका निर्माता पनि मानिन्छ ।

[sidebar name="button post"]