पश्चिमी युक्रेनको लभिभ शहरमा रुसी फौजले आक्रमण गर्दा ७ जनाको मृत्यु

पश्चिमी युक्रेनको लभिभ शहरमा रुसी फौजले आक्रमण गर्दा ७ जनाको मृत्यु भएको छ । 

यसअघि युक्रेनी अधिकारीले रुसी आक्रमणमा ६ जनाको मृत्यु भएको भएको छ । आक्रमणका कारण पूर्वी युक्रेनबाट विस्थापित भएका मानिसहरुलाई राखेको होटेलमा समेत क्षति पुगेको छ ।

रुसी आक्रमणका कारण शहरमा ठूलो विष्फोटको आवाज सुनिएको एपीले जनाएको छ । स्थानीय बासिन्दाले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीर तथा भिडियोमा आक्रमण भएको स्थलबाट आगोको लप्का र धुवाँको कालो मुस्लो उडिरहेको देख्न सकिन्छ ।

 

[sidebar name="button post"]