पश्चिमा देशले लगाएको प्रतिबन्धको जवाफमा रुसले आफ्ना विभिन्न बस्तुको निर्यातमा प्रतिबन्ध

पश्चिमा देशले लगाएको प्रतिबन्धको जवाफमा रुसले आफ्ना विभिन्न बस्तुको निर्यातमा प्रतिबन्ध लगाएको छ।

युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पश्चिमा देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । त्यसको जवाफ स्वरुप रुसले यो वर्षको अन्तिम (सन् २०२२) सम्म विभिन्न बस्तुको निर्यातमा प्रतिबन्ध लगाएको हो ।

टेलिकम, स्वास्थ्य, सवारी, कृषि तथा विद्युतीय सामग्रीको निर्यातमा रुसले प्रतिबन्ध लगाएको हो ।

यस्तै विदेशी पानी जहाजहरुलाई रुसी बन्दरगाहमा प्रतिबन्ध लगाइने पनि वित्त मन्त्रालयले बताएको छ ।

रुसले २०० भन्दा बढी बस्तुको निर्यातमा प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्धले अमेरिका र युरोपियन युनियनसहित करिब ४८ देश प्रभावित हुने छन् ।

रुसमा रहेका विदेशी कम्पनीले उत्पादन गरेका सामग्रीको निर्यातमा पनि प्रतिबन्ध लगाएको हो ।

 

[sidebar name="button post"]