रुसले युक्रेनमा गरेको सम्भावित युद्ध अपराधबारे अन्तर्राष्ट्रिय फौजदारी अदालत (इन्टरनेशनल क्रिमिनल कोर्ट) ले अनुसन्धान गर्ने भएको छ।
आइसिसीका प्रमुख अभियोजक करिम खानले गएको बिहीबार (फेब्रुअरी २४) देखि युक्रेनमा रुसले सुरु गरेको आक्रमणको क्रममा युद्ध अपराध भएको हुन सक्ने भन्दै त्यससम्बन्धमा अनुसन्धान गर्ने बताएका हुन्।
युक्रेनको पछिल्लो अवस्थाको प्रारम्भिक अध्ययन गर्दा रुसले युद्ध अपराध गरेको हुन सक्ने देखिएको उनले ट्वीटमार्फत बताएका छन्। थप अनुसन्धान गरी आइसिसीले त्यसको प्रक्रिया अघि बढाउने खानले बताए।












