रुसले युक्रेनमाथि आक्रमण गरेको पाचौँ दिन दुई देशबीच वार्ता शुरु भएको छ । बेलारुस र युक्रेनबीचको सीमाक्षेत्रस्थित एक गाउँमा दुई मुलुकका प्रतिनिधिमण्डलबीच वार्ता शुरु भएको हो । युद्ध अन्त्य गर्ने विषयमा वार्ता शुरु हुनुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनालाई हतियार बिसाउन आग्रह गरेका थिए ।
युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नु पर्ने शर्त राखेको हो ।
[sidebar name="button post"]









