Ad #144479

१२ असोज, एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिडको बुस्टर डोज लगाएका छन् । राष्ट्रपति बाइडेनले फाईजरको बुस्टर डोज लगाएका हुन् ।

कतिपय अमेरिकीले तेस्रो खोप आवश्य नपरेको भनिरहेका बेला बाइडेनले राष्ट्रपति कार्यलय ह्वाइट हाउसमा खोप लगाएका हुन् ।

‘म ६५ वर्षको जस्तो नदेखिए पनि मैले यो उमेर पार गरिसकेको छु ’ ७८ वर्षीय बाइडेनले ठट्टा गर्दै भने । बुस्टर डोज लगाए पनि आफू झन् जवान देखिएको उनको भनाई थियो ।

स्वास्थ्यमा गम्भिर समस्यादेखि भाईरसको जोखिममा रहेका स्वास्थ्यकर्मीलेले बुस्टर डोज लगाउन सक्छन् ।