हाइटीमा शक्तिशाली भूकम्पले कम्तीमा ३०४ जनाको मृत्यु, १८ सय भन्दा बढी घाइते

३१ श्रावण, एजेन्सी। हाइटीमा शनिबार गएको ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार क्यारबियन देश हाइटीमा ११ वर्षपछि गएको शक्तिशाली भूकम्पमा परेर १८ सयजना भन्दा बढी घाइते भएका छन् ।

शनिबार बिहान आएको भूकम्पले देशको पश्चिमी क्षेत्रमा धेरै क्षति पु¥याएको थियो । यहाँ भवन, होटल, चर्चलगायत भग्नावशेषमा परिणत भएका छन् । प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गरेका छन् ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस डु सुद शहरबाट झन्डै १२ किलोमिटर पर भूकम्पको केन्द्रबिन्दु छ । यसअघि हाइटीमा सन् २०१० को जनवरीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो ।