दिल्लीमा गत वर्ष मार्चपछि कोभिड–१९ महामारीबाट दुई हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर)ले बिहीबार जानकारी गराएको छ।
सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक कोभिडका कारण गुमेको देखिएको छ। यीमध्ये ६७ बालबालिकाले आफ्ना दुबै अविभावक गुमाएका छन्।
त्यसैगरी ६५१ बालबालिकाले आफ्नी आमालाई गुमाएका छन् भने एक हजार ३११ बालबालिकाले बुवा गुमाएका छन्।
बच्चाहरूको विवरण कोभिडको कारण आफ्ना आमाबुवा गुमाएका बच्चाहरूको लागि दिल्ली सरकारले अधिसूचित गरेको योजनामा योग्य हितग्राहीको नामांकन सुनिश्चित गर्न महिला र बाल विकास विभागमा उपलब्ध भएको उल्लेख गरिएको छ।
[sidebar name="button post"]











