अमेरिकाको फ्लोरिडामा १२ तले भवन भत्कियो, ठूलो क्षति भएको अनुमान

११ असार, काठमाण्डौ। अमेरिकाको फ्लोरिडामा आवासीय भवन भत्किँदा एक जनाको ज्यान गएको छ । ३५ जनाको उद्धार भएको छ ।

सन् १९८० मा बनेको यो भवनमा २ सय ३० वटा फ्ल्याट छन् ।

फ्लोरिडाको मायामी शहरमा १२ तलाको एक आवासीय भवन भत्किएको हो । भवनमा बस्दै आएकामध्ये ९९ जना हराइरहेका बीबीसीले जनाएको छ ।

त्यहाँ उद्धारको काम भइरहेको छ ।  भवनको छतमा निर्माणको काम भइरहेका बेला भवन भत्किएको हो ।

[sidebar name="button post"]