विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका भेरियन्टहरुको नामाकरणका लागि नयाँ प्रणाली घोषणा गरेको छ ।
बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरिएको डब्लुएचओले जनाएको छ ।
चर्चा परिचर्चालाई सहज बनाउन तथा नामसँग जोडिएर आउने कलंक वा धब्बा हटाउनका लागि नयाँ नामकरण प्रणालीको व्यवस्था गरिएको डब्लुएचओको भनाई छ ।
कोरोना भाइरसको भेरियन्ट पहिलोपटक पत्ता लागेको वा त्यसबारे जानकारी गराएकै आधारमा कुनै पनि देशलाई कलंकित गर्न नहुने डब्लुएचओको कोभिड–१९ प्राविधिक समितिकी मारिया भान कर्खोभले बताएकी छन् ।
https://www.who.int/en/activities/tracking-SARS-CoV-2-variants/
[sidebar name="button post"]











