मंगल ग्रहमा चिनियाँ रोवरको सफल अवतरण

चीनले अन्तरिक्ष अभियानमा ठूलो सफलता हाँसिल गरेको छ ।

सात महिनाको यात्रा तथा तीन महिनासम्म परिक्रमा गरेपछि रोवर मंगल ग्रहमा अवतरण भएको शनिबार सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ ।

शनिबार बिहान चिनियाँ यान जुरोङ्ग अवतरण भएसँगै मंगल ग्रहमा यो सफलता हाँसिल गर्ने विश्वको दोस्रो देश बनेको हो ।

यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्न सफल भएको थियो ।  मंगल ग्रहमा रोवर अवतरण गर्नु चीनका लागि ठूलो सफलता हो ।

जुरोङ्ग रोवरसँगैरहेको तिअन्वेन–१ नामक अर्बिटर पनि थियो, जो गएको फेब्रुअरीमा मंगल ग्रहमा पुगेको थियो ।

[sidebar name="button post"]