ब्राजिलले कोरोनाभाइरस विरुद्धको खोप आफै बनाउन थालेको छ। साओ पाउलोमा रहेको बुतान्तान संस्थाले बुतानभ्याक नामक खोप उत्पादन सुरु गरेको अधिकारीहरूले जनाएका छन्।
ब्राजिलको सरकारद्वारा सञ्चालित सो संस्थाले पहिलो पटक कोरोनाभाइरस विरुद्धको खोप उत्पादन सुरु गरेको राज्य गर्भनर जोयो डोरियाले जानकारी दिए।
‘ब्राजिलमा उत्पादन गर्न लागिएको कोरोनाभाइरस विरुद्धको यो पहिलो खोप हो, यो खोप बनाउनका लागि कुनै कच्चा पदार्थ आयात पनि गरिएको छैन’।
आगामी जुलाई मध्यसम्ममा पहिलो चरणमा एक करोड ८० लाख मात्रा खोप उत्पादन गर्ने विश्वास उनकाे छ। सरकारी निकायले नै खोप उत्पादन गर्न सुरु गरिसकेको भएपनि ब्राजिलको स्वास्थ्य नियमक निकायले भने यसलाई प्रयोगका लागि अनुमती दिइसकेको छैन।
‘ब्राजिलले नै उत्पादन गर्न थालेको खोप जुलाईको मध्यसम्ममा प्रयोगका लागि तयारी अवस्थामा हुने अपेक्षा गरिएको ।









