बेलायती महारानी एलिजाबेथका श्रीमानको ९९ वर्षको उमेरमा निधन

२७ चैत्र, एजेन्सी । बेलायती महारानी एलिजाबेथका श्रीमानको निधन भएको छ । महारानीका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको हो । बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी दिएको बीबीसी जनाएको छ ।

‘महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गर्नुभएको छ’ बेलायती राजदरबारको विज्ञप्तिमा भनिएको छ । केही समययता राजकुमार फिलिपको स्वास्थ्य खस्किदै गएको थियो ।

उनले सन् २०१७ देखि स्वास्थ्यकै कारण देखाएर राजदरबारमा आफ्नो जिम्मेवारी छाड्दै गएका थिए ।

[sidebar name="button post"]