म्यान्मारमा सैनिक सत्ताको ज्यादती : एकैदिन ११४ मारिए

१५ चैत्र, एजेन्सी। म्यान्मारमा शनिबार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ११४ जना मारिएका छन् ।

प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा कम्तीमा ११४ जनाको मृत्यु भएको हो ।‘म्यान्मार नाउ’ अनलाइनले उल्लेख गरेअनुसार शनिबार सेनाको बल प्रयोगका कारण अहिलेसम्मकै ठूलो संख्यामा मानिस मारिएका हुन् ।

प्रदर्शनका क्रममा २० जनाभन्दा बढी बालबालिका मारिएका छन् भने हालसम्म मारिएकाको संख्या ४ सय नाघेको छ ।

[sidebar name="button post"]