याङ्गुन (सिन्ह्वा)- म्यान्मारमा सेनाको ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सयभन्दा बढी प्रदर्शनकारी रिहा भएका छन् ।
समाचार संस्था एएफपीले जनाए अनुसार ६२८ प्रदर्शनकारी बुधबार रिहा भएका हुन् ।
म्यान्मारमा सैनिक ‘कू’ शुरुभएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ ।
यद्यपि जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ । सो प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ ।
[sidebar name="button post"]









