नायिका आलिया भट्ट आजबाट २८ बर्षमा प्रवेश

२ चैत्र, काठमाण्डौ। बलिउड नायिका आलिया भट्ट आजबाट २८ बर्षमा प्रवेश गरेकी छिन् । आलियाको जन्म सन् १९९३ मार्च १५ मुम्बइमा भएको हो । आलियाले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा पाइला राखेकी हुन् ।

आलियाले बाल कलाकारको रुपमा भने सन् १९९९ मा चलचित्र ‘संघर्ष’मा काम गरेकी थिइन् । यसपछि भने आलियाले पछाडि फर्किएर हेर्नु परेको छैन । उनले अभिनय गरेका थुप्रै चलचित्रले बक्स अफिसमा धमाका मच्चाएका छन् ।

[sidebar name="button post"]