२ चैत्र, एजेन्सी। भारतीय राज्य उत्तराखण्डका नयाँ मुख्यमन्त्री तिर्थसिंह रावतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिन्दुहरूका भगवान रामसँग तुलना गरेका छन्।
आइतबार एक कार्यक्रममा बोल्दै चार दिनअघि मुख्यमन्त्री बनेका रावतले पछि रामको जस्तै मानिसहरूले मोदीको पनि पूजा गर्ने दाबी गरे।
‘अहिले संसारभरिका नेताहरू हाम्रा प्रधानमन्त्री मोदीसँग फोटो खिच्न लाइन लाग्छन्। हाम्रा राष्ट्रप्रमुखलाई विश्वका नेताहरूले वास्ता नगर्ने पहिलाको कुरा भन्दा यो फरक छ। अहिले नरेन्द्र मोदीका कारण परिस्थिति बदलिएको छ। यो नयाँ भारतको सिर्जना उहाँले गर्नु भएको हो ,’ रावतले भने।
‘पहिला जसरी रामले समाजका लागि राम्रो काम गर्नुभयो र मानिसहरूले उहाँलाई भगवान भन्न थाले, भविष्यमा त्यही कुरा हाम्रा प्रिय प्रधानमन्त्रीका हकमा पनि त्यस्तै लागू हुनेछ,’ उनले भने।












