जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी, एक डोज मात्रै लगाए पुग्ने

१३ फागुन, एजेन्सी। एक डोज मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी नियामक निकायले जनाएको छ ।

अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) का विशेषज्ञहरुले जोन्सन एण्ड जोन्सनले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सुरक्षित र प्रभावकारी देखिएको बताएका छन् । एफडीएले बुधबार प्रकाशित गरेको विवरणअनुसार विशेषज्ञहरुको समूहले यो खोपलाई अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेको हो ।

कम्पनीले आफूले विकास गरेको खोप लक्षण नदेखिइकन हुने संक्रमण नियन्त्रणको लागि पनि प्रभावकारी हुने र खोप ८८ प्रतिशत प्रभावकारी देखिएको बताएको छ ।

यो खोप कोरोनाका नयाँ प्रकार (भेरियन्ट) नियन्त्रणका लागि भने ६६ प्रतिशत प्रभावकारी पाइएको थियो । मानव परीक्षणको क्रममा यो खोपको प्रभावकारिता फरक फरक मुलुकमा फरक फरक पाइएको थियो । यसअघि जोन्सन एण्ड जोन्सनले खोपको प्रभावकारिताबारे कुनै विवरण सार्वजनिक गरेको थिएन ।

[sidebar name="button post"]