विश्वकै नमूना अस्पतालसहितको जहाजको उत्तरी चीनमा परीक्षण यात्रा सम्पन्न भएको छ।
एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल जहाजले समुद्रमा परीक्षण पूरा गरेको छ।
जहाजभित्र २७७ वार्ड तथा ६४१ शैया रहेका तियानजिङ सिङ्गाङ जहाज निर्माण कम्पनीले जनाएको छ। लम्बाई १७४ मिटर र चौडाई २८.६ मिटर रहेको उक्त जहाज अत्यधिक गतिमा चल्ने क्षमता भएको सुविधा सम्पन्न पानी जहाज हो।
जहाजभित्र पाँच तारे होटेल र सुविधा सम्पन्न अस्पतालले उपलब्ध गराउने सबै खालका सेवाहरू जडान गरिएका छन्।
[sidebar name="button post"]











