म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शनमा सहभागी भएका मध्ये दुईजनाको मृत्यु भएको छ। प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको ज्यादतीका कारण कम्तीमा दुई प्रदर्शनकारीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न गोलाबारुदको प्रयोग गरेको छ । कम्तीमा २० जना घाइते भएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
सेनाले सत्ता हत्याएसँगै सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुहरु पनि प्रदर्शनमा उत्रिएका छन् । दबाबमा आएको सैनिक नेतृत्वले पछिल्ला दिनमा प्रदर्शनकारीमाथि बल प्रयोग गर्दै आएको छ ।
[sidebar name="button post"]









