११७ वर्षकी हजुरआमा पनि कोरोनाबाट निको

२८ माघ, एजेन्सी। युरोपकै सबैभन्दा वृद्ध महिलाले कोरोनालाई जितेकी छन्।

जनवरी १६ मा फ्रान्सकी ११७ वर्षीया लुसाइल र्‍यान्डनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। सन् १९४४ मा सिस्टर एन्ड्रेको नाम लिएकी उनमा संक्रमणको कुनै लक्षण भने देखिएको थिएन।

उक्त महिला संक्रमित भएपछि, स्थानीय मिडियालाई आफूमा संक्रमण भएजस्तो पनि महशुस नभएको बताएकी थिइन्।

दक्षिणी फ्रान्सको टौलोनस्थित वृद्धाश्रममा अरू स्थानियवासीसँग छुट्टिएर आइसोलेसनमा बसेकी थिइन्। अहिले उनी पूर्ण रूपमा निको भइसकेको बिबिसीले जनाएको छ।

दृष्टिविहीन एन्ड्रेले बिहीबार आफ्नो जन्मदिन मनाउँदै छिन्। यस वर्ष उनको जन्मउत्सवमा अरूबेलाभन्दा कम मानिसको उपस्थितिमा मनाइनेछ तयारी छ।

उनी आफ्नो रोगसँग डराइनन् बरू स्थानीयबारे चिन्तित थिइन्।’सिस्टर एन्ड्रे सन् १९०४ फेब्रुअरी ११ तारिखमा जन्मिएकी थिइन्। उनी युरोपकै वृद्ध महिला हुन्।

जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार उनी विश्वकै दोस्रो बढी उमेरकी मानिस हुन्। उनलाई फ्रेन्च ब्रोडकास्टर बिएफएमले कोभिडसँग डर लागे/नलागेको बारे सोध्दा नलागेको बताइन्।