जलवायु परिवर्तनका कारण सिर्जित संकट समाधानका लागि अमेरिकाले विश्वको नेतृत्व गर्नु पर्ने बाइडेनले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको मुद्दा सम्बोधनका लागि आदेशमा हस्ताक्षर गरेका छन् ।
बाइडेनले केही स्थानमा उर्जा उत्खननमा प्रतिबन्ध लगाउनेसहितका आदेश जारी गरेका हुन् ।बाइडेनले सन् २०३० सम्ममा हावाबाट उत्पादन हुने उर्जालाई दोब्बर पार्ने उद्देश्यसहितका नीतिहरु आदेशमा छन् ।
उर्जा कम्पनीहरुले बाइडेनको नयाँ आदेशको कठोर प्रतिवाद गर्ने सम्भावना छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वातावरणीय सुरक्षालाई कटौति गरेर उर्जा उत्पादनलाई बढावा दिएका थिए ।कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जस्तै जलवायु संकट समाधानका लागि पनि एकीकृत राष्ट्रिय नीति र प्रक्रियाहरु आवश्यक रहेको उनलेको भनाई छ ।
अमेरिका एक्लैले मात्रै पनि संकटहरु समाधानका लागि काम गर्न नसक्ने बताए ।बाइडेनले ह्वाइट हाउसमा जलवायु परिवर्तनका सम्न्धमा आन्तरिक रणनीतिका लागि कार्यालय स्थापना गर्ने तथा आउँदो अप्रिलमा नेताहरुको सम्मेलन गर्नेसहित आदेश दिएका छन् ।









