Ad #144479

७ माघ, एजेन्सी । जो बाइडनले अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण लिएका छन् । नेपाली समयअनुसार १० बजेर ४० मिनेट जाँदा, ‘अमेरिकी समयअनुसार १२ बजे दिउँसो’  बाइडेनले सपथ लिएका हुन् । उनको सपथ ग्रहण समारोहमा क्यापिटल हिलस्थित अमेरिकी संसद् भवन भव्य देखिएको छ ।

विगतमा जस्तो विशिष्ट पाहुना र सर्वसाधारणको ठूलो उपस्थित भने हुनेछैन किनकि अमेरिकामा कोरोना भाइरस महामारीले उग्र रुप लिइरहेको छ र ४ लाखभन्दा धेरैको ज्यान गइसकेको छ ।

सिमित पाहुनामात्रै संसद् भवनमा बाइडेनको सपथ नियाल्न उपस्थित छन् । त्यस्तै १ सय ५० वर्षमा पहिलोपटक अमेरिकी राष्ट्रपतिले आफ्नो उत्तराधिकारीको सपथ बहिस्कार गरेका छन् । नयाँ प्रशासनलाई शुभकामना दिएपनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प सपथ समारोहमा उपस्थित छैनन् । उनले ह्वाइट हाउस पनि छाडिसकेका छन् ।