Ad #144479

रमिता दंगाल

काठमाण्डौको कागेश्वरी नगरपालिका भित्र नयाँ विद्यालय खुल्ने भएको छ। कागेश्वरी नगरपालिका वडा नं २, आल़ापोटमा खुल्न लागेको सो विद्यालय पाँच जना सञ्चालकद्वारा सञ्चालन हुन लागेको हो। नयाँ बन्न लागेको विद्यालय सबै गरेर दस रोपनी क्षेत्रफलमा बन्दै छ। सो विद्यालयमा कक्षा मन्टेश्वरी देखि उच्च शिक्षासम्म पढाइ हुने लक्ष्य राखेको विद्यालयका संचालक शिवप्रसाद देवकोटाले जानकारी दिनु भयो ।

शिक्षा क्षेत्रमा लामो अनुभव हाँसिल गर्नु भएका व्यक्तित्वहरुबाट सञ्चालन हुने लागेको यस विद्यालयमा आजको वैज्ञानिक युग सापेक्ष समय अनुकुलको मनास्लु वर्ल्ड स्कूल पूर्वी क्षेत्रमा फैलिने भएको छ।

मनास्लु वर्ल्ड स्कूल अब मनास्लु वर्ल्ड सेकेन्डरी स्कूल हुने भएको छ। गत वर्ष कागेश्वरी नगरपालिका वडा नं ३ भद्रवासमा सञ्चालन भएको सो विद्यालय चाबहिलबाट पूर्वको ठूलो बिद्यालय बन्दैछ। भद्रवासमा मन्टेश्वरी शिक्षा मात्र पढाइ हुँदै आएको यस विद्यालय बढाएर माध्यमिक तहसम्म बढाउने लक्ष्य राखिएको संचालक देवकोटाले बताउनु भयो।

कागेश्वोरी नगरपालिकाको वडा नं ३ भद्रबासमा संचालन हुँदै आएको सो विद्यालय अब वडा नं २ वडा कार्यलय अगाडि आलापोटमा भवन निर्माण गरिंदै छ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शिक्षा सेवी एवं गीतकार शिवप्रसाद देवकोटा हुनुहुन्छ। उहाँसंग चार दशक लामो समयदेखि शैक्षिक अनुभव छ। साथै अन्य चार जना सञ्चालकहरु पनि विभिन्न प्रतिष्ठित शैक्षिक संस्थामा सञ्चालक एवं शिक्षामा सेवा दिंदै आउनुभएको छ।

सो विद्यालय खुलेसँगै गागलफेदी , भद्रवास , आलापोट आदि ठाउँबाट गाडी चढेर टाढा सम्म जानु पर्ने बाध्यता हट्ने भएको छ। विद्यालयको मन्टेश्वरी ब्लक छुट्टै हुनेछ भने बगैँचा, खेल मैदान, साथै यातायातको समेत सुविधा रहनेछ। उत्कृष्ट शैक्षिक थलो बनाउने उद्देश्यका साथ विद्यालय आगामी शैक्षिक सत्र २०७८ बाट सञ्चालन हुने भएको छ।