रमिता दंगाल
काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर एक मा विकास निर्माणका काम रोकिएका छैनन् । कोरोना संक्रमण जोखिम र महामारीकै बिचमा पनि विकास निर्माणका कामहरु भैरहेका छन् । सडक, स्वास्थ्य, पार्क निर्माणका कामहरु अगाडी बढिरहेका छन् ।
वडा एकमा विशेष गरी सडक बिस्तारको काममा बढी ध्यान दिदै आएको वडाध्यक्ष मुकुन्दप्रसाद गजुरेलले जानकारी दिनुभयो । कागेश्वरी भित्रका विभिन्न ठाउँहरुमा सडक स्तरोन्नतीको काम भैरहेको छ । ब्रह्मखेल सडक, गागलफेदी सडक, सुवेदी गाउँ लगायतका सडक निर्माणको कामहरु यसै आर्थिक वर्षभित्र सकाउने उहाँले बताउनुभयो ।
एक घर एक धारा साथै कागेश्वरी धामको काम पनि भैरहेको उहाँले बताउनुभयो । एक घर एक धारा निर्माणको ७० प्रतिशत काम भइसकेको छ । सुवेदी गाउँमा पार्क निर्माणको काम भैरहेको पनि उहाँले जानकारी दिनुभयो । कागेश्वरी भित्रका तीन वटा विद्यालयका लागि बस खरिद गरेको र विद्यालयमा गुणस्तरको लागि काम गरिरहेको पनि वडाध्यक्ष गजुरेलले बताउनुभयो । व्यवसायिक रुपमा कृषि गर्नेको लागि नगरपालिकाले २० प्रतिशत अनुदान दिने उहाँले बताउनुभयो ।
कागेश्वरीका केहि युवाहरुले गाईपालन, बाख्रापालन व्यवसाय गरिरहेको पनि उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ,‘कृषिलाई व्यवसायिक रुपमा अगाडि बढाउन सकिरहेका छैनौँ, कृषिमा सन्तोषजनक प्रगति भएको छैन । यसका लागि कोशिस गरिरहेका छौ ।’








