कागेश्वरीकाे गाेठाटारमा २४ सै घण्टा प्रसुती सेवा

रमिता दंगाल

कार्तिक २, काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा रहेको गोठाटार स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुति सेवा (बर्थिङ्ग सेन्टर) को सुभारम्भ भएको छ। कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले बर्थिङ सेन्टरकाे उद्घाटन गर्नुभएकाे वडा नम्बर ९ का वडा अध्यक्ष कुन्दन खड्काले जानकारी दिनुभयो।

ब्रिटिस रेडक्रस सोसाईटीको सहयोगमा निर्माण भएको गाेठाटार स्वास्थ्य चौकी भवनको २०७५ साल मङ्सिर १ गते शिलन्यास गरिएको थियो। भवनमा पाँच वटासम्म बेड रहेको वडाध्यक्ष खड्काले कागेश्वरी खबरलाई जानकारी दिनुभयाे ।

यस बर्थिङ्ग सेन्टरबाट सुरक्षित सुत्केरीदेखि लिएर नवजात शिशु स्याहार, सुरक्षित गर्भपतन साथै सुत्केरीपछि हुने जटिलता र सुत्केरीपछि पनि चेकजाँच गरी राख्नुपर्ने जस्ता सेवाहरु उपलब्ध हुनेछ। तर अपरेशन नै गरेर शिशु निकाल्न र अत्यावश्यक अवस्थामा अस्पताल नै लैजानुपर्ने उहाँले बताउनुभयो।

याे स्वास्थ्य चौकीलाई अहिले कोभिडको हस्पिटलको रुपमा लिइएको छ। स्वास्थ्य सामंग्री नेपाल रेडक्रस सोसाईटी र ब्रिटिस रेडक्रस सोसाईटीको सहयोगमा उपलब्ध भएको र अब २४ सै घण्टा प्रसुति सेवा उपलब्ध गराउने पनि खड्काले जानकारी दिनुभयो।

[sidebar name="button post"]