Ad #144479

असोज २४ , काठमाण्डौ। बक्स अफिस इन्टरनेशनल ग्रुपले आज साइकल र्यालीको आयोजना गरेको छ । पहिलो चरणको बक्स अफिस साइक्लिङ्ग २०२० को साइकल र्याली काठमाडौंकाे भद्रकालीबाट सुरु भएर कागेश्वोरी सहिदपार्कमा सम्पन्न भएको हो।

काठमाण्डौमा आन्तरिक पर्यटन प्रबर्द्दन र अहिले कोरोनाबाट त्रासमा रहेका नागरिक र समाजलाई साइकल चढौ,स्वस्थ बनौँ,आर्थिक पर्यटन क्षेत्रलाई उठाऔं, प्रदुषण हटाऔं, कोरोनाले थला परेको चलचित्र ,गित संगितलाई माया बाचाऔं र कागेश्वोरीलाई बाचाऔं भनेर यो अभियान गरिएको आयोजकले बताउनु भएको छ। कार्यक्रम कागेश्वोरी मनोहरा नगरपालिका १ स्थित सहिद पार्कमा भएको हो।

सो कार्यक्रममा कागेश्वोरी मनोहरा नगरपालिकाका प्रमुख कृष्ण हरि थापाले सहभागीलाई प्रसंशा पत्र प्रदान गर्नुभएको हो। यस्ता कार्यक्रम गर्नाले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो |

बक्स अफिसको दोस्रो चरणको साइकल र्याली मंसिर २५ र २६ गते काठमाडौ देखि पोखरासम्म हुने आयोजना रहेको छ ।