काठमाण्डौंका केही ठाउँमा ६ घण्टा बत्ती जाने आज

काठमाण्डौंका केही ठाउँमा ६ घण्टा बत्ती जाने भएको छ । जोरपाटी वितरण केन्द्र अन्तर्गत मूलपानी रिंगमेन लाइन र मूलपानी स्विचिङबाट संचालित मूलपानी, गोठाटार, डाँछी र साँखु फिडर अन्तरर्गतका लाइनमा जोडिएका रुखका हाँगाबिगा काट्नुपर्ने भएकाले केही ठाउँमा ६ घण्टा बत्ती जाने भएको हो ।

नेपाल विद्युत प्राधिकरणका कारण मूलपानी, काँडाघारी, सनसिटी, गोठाटार, ग्रिनहिल सिटी, थली, डाँछी, भद्रवास आलापोट, गागलफेदी, इन्द्रायणी, साँखु, लप्सीफेदी, नांग्लेभारे र जरसिंहपौवा आसपासका क्षेत्रमा बिहान १० देखि दिउँसो ४ बजेसम्म विजुली आपुर्ती रोक्न लागिएको हो ।

तोकिएको समय भन्दा अगाडिनै काम सकिए छिट्टै विद्युत दिने पनि प्राधिकरणले जनाएको छ ।

[sidebar name="button post"]