समिता श्रेष्ठ
असाेज २१, बक्स अफिस इन्टरनेशनल ग्रुपले गर्न लागेकाे बक्स अफिस साइक्लिङ्ग २०२० मा विश्व साइकल यात्री सहित सासंद, मेयर, कलाकार पनि सहभागी हुने भएका छन् ।
असोज २४ गते शुक्रबार हुने पहिलो चरणको बक्स अफिस साइक्लिङ्ग २०२० (साइकल र्याली ) मा विश्व साईकल यात्री पुष्कर शाह, काठमाडौं क्षेत्र नम्बर ४ का सासंद दिपक कुईकेल, काठमाडौं कागेश्वरी मनाेहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, चलचित्र विकास बाेर्डका अध्यक्ष, कलाकार संघका अध्यक्ष, निर्माता संघका अध्यक्ष सहित कलाकार पनि सहभागी हुने अायाेजकले जनाएको छ ।
बक्स अफिस साइक्लिङ्ग अभियानको व्यवस्थापक ग्लोबल एक्टर्स फेडेरेसन (विश्व कलाकार महासंघ ) रहेको बक्स अफिस इन्टरनेशनल ग्रुपका आयोजक रामबहादुर सुबेदीका अनुसार याे र्याली सरकारसंग पनि समन्वय गरेर गर्न लागिएकाे हाे । सुन्दरीजल कागेश्वोरी बक्स अफिसको अध्यक्ष हरिचन्द्र फुयालले कागेश्वोरीमा यस र्यालीको संयोजन गर्दै हुनुहुन्छ।
साइकल र्याली काठमाडौंकाे भद्रकालीबाट सुरु भएर कागेश्वोरी सहिदपार्क सम्म हुनेछ। कलाकारहरु, विश्व साइकल यात्री सबै मिलेर अहिले कोरोनाबाट त्रासमा रहेका नागरिक र समाजलाई साइकल चढौ स्वस्थ बनौँ,आर्थिक पर्यटन क्षेत्रलाई उठाऔं र कागेश्वोरीलाई बाचाऔं भनेर यो अभियान गर्न लागिएको सुबेदीले बताउनु भयो।
याे कलाकारहरु, पत्रकार, निर्देशक, निर्माता, साइकल प्रेमीहरुको र्याली रहेको पनि उहाँले बताउनुभयो। काठमाडौ प्राय सबै स्थान पर्यटकीय हिसाबले परिचित छ तर यो कागेश्वरी क्षेत्र ओझेलमा परेको महसुस भएको कारण यो कार्यक्रम कागेश्वरी नगरपालिकामा मै गरिएको पनि उहाँले बताउनुभयो।
यस साइकल र्यालीमा सय जनालाई साइक्लिङ्गमा राखिएको छ, भने दुई सय जना चाहिं चलचित्रका कलाकार, निर्देशक, निर्माताहरु रहेका छन्।र्यालिमा इच्छा हुने सबैले सहभागी हुन पाउने सुबेदीले जानकारी दिनुभयाे । इच्छुक मध्ये साइकल हुनेहरुले आफ्नो साइकल लिएर जान पाउने र नहुनेहरुको लागी आयोजकले नै दिनेछ। सहभागीलाई ड्रेस र प्रमाण पत्र पनि प्रदान गरिने सुबेदीले जानकारी दिनुभयो। साइकल र्यालीमा सहभागी सबै जनालाई ब्रेक फास्ट, लन्च र डिनरको व्यवस्थापन पनि आयोजकले गरेको उहाँले बताउनुभयो ।
यो बक्स अफिस इन्टरनेशनल ग्रुप तथा ग्लोबल एक्टर्स फेडेरेसन को ८५५ औँ कार्यक्रम हो। बक्स अफिस इन्टरनेशनल ग्रुपको समुन्द्र मुनि, समुन्द्र माथि उडिरहेको हवाईजहाज, विश्वको सर्वाेच्च शिखर सगरमाथा आयोजक शिविरमा पनि प्रोग्राम गरेर गिनिज वर्ल्ड रेकर्ड पनि कायम गरेको सुबेदी बताउनुहुन्छ। यो कार्यक्रम कगेश्वोरीमा पनि पहिलो पटक हुन लागेको हो।
यस साइकल र्याली सँग-सँगै बक्स अफिसको अर्को प्रोग्राम १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्डको उत्कृस्ट पाँच नोमिनेसन वर्ल्ड डिस्ट्रिब्युसन पनि हुन लागेको बक्स अफिस इन्टरनेशनल ग्रुपका आयोजक राम बहादुर सुबेदीले जानकारी दिनुभयो।











