पेप्सिकोलामा ग्यास बिस्फोट, ५ जना घाइते

असोज १४,काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका पेप्सिकोलामा ग्यास सिलिन्डर लिक भइ बिस्फोट हुँदा ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घाइते उनीहरूको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । ग्यास बिस्फोटबाट घरबेटी कृष्ण कार्कीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

[sidebar name="button post"]