कृष्ण वाग्ले
महेश्वर फुयाल २०७४ को स्थानिय तहको निर्वाचनमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा तत्कालिन माओवादी केन्द्रको तर्फबाट नगर प्रमुखका उमेद्वार हुनुहुन्थ्यो । प्रतिस्पर्धीका रुपमा तत्कालिन एमालेका तर्फबाट कृष्णहरि थापा, नेपाली कांग्रेसका उपेन्द्र कार्की लगाएतले उम्मेदवारी दिनुभएको थियो ।
चुनाबपछि पार्टी एकता
निर्वाचनको बेलासम्म माओवादी केन्द्र र एमाले अलग अलग पार्टी थिए । अलग अलग घोषणा पत्र, अलग अलग एजेण्डा थिए । तर निर्वाचनपछि २०७४ फागुन ७ गते माओवादी केन्द्र र एमाले दुई पार्टीका बिचमा एकिकरण भयो । तत्कालिन माओवादि केन्द्र र तत्कालिन एमालेको एकिकरण पछि दुबै पार्टी मिलेर अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । एकतापछि एउटै पार्टीका रुपमा काम हुँदै आएको छ ।
एकतापछि एजेण्डा समायोजन
स्थानिय तहको चुनाब अघि दुई पार्टीले आफ्नै हिसाबले छुट्टा छुट्टै प्रतिबद्यता पत्र तयार पारेका थिए । चुनाबमा तत्कालिन एमालेका उमेद्वार थापाको जित भयो । स्थानिय तहको नगर प्रमुख पदमा आफ्नो व्यक्तिगत चाहनाले नभई पार्टीको आवश्यकता अनुसार उम्मेदवारी दिएको फुयाल बताउनुहुन्छ ।
पार्टी एकतापछि एजेण्डा समायोजन भए । चुनाब अघि दुईवटै पार्टीले हिजो निर्वाचनमा उठाएका एजेण्डा अहिले एकै ठाँउमा राखेर जनताको हितमा नेकपाले स्थानिय तह मार्फत कार्य गरीरहेको उहाँको दावी छ । फुयालका अनुसार अहिले कागेश्वरी मनोहरा नगरपालिका आफुले उठाएकै विषयलाई समेट्दै अघि बढिरहेको छ ।
उहाँ भन्नुहुन्छ,‘हामीले त्यतिबेला हाम्रा प्रतिबद्यता पत्रमा पर्यटन पुर्वाधार विकास, शिक्षा विकास, कलेज, प्राविधिक विद्यालय, भौतिक पुर्वाधार, वातावरण र फोहोर व्यवस्थापन, कागेश्वरी करिडोर लगाएतका विकास निर्माणका विषय उठाएका थियौँ । हामीले त्यतिबेला उठाएका विषयहरु नै अहिले स्थानिय तह मार्फत क्रमशः कार्यान्वयन हुँदै गैरहेका छन् ।’
समन्वयमा काम
स्थानिय तहको चुनाबमा उठेका विषयहरु कार्यान्वयन गर्ने क्रममा नगरपालिकाका प्रमुखसंग आफ्नो समन्वय हुने गरेको पनि फुयालले जानकारी दिनुभयो । फुयाल भन्नुहुन्छ,‘नगरपालिका प्रमुखसंग नेकपाको प्रणाली भित्र बसेर, समन्वय गर्दै, योजनाहरुको विषयमा पार्टी भित्रै बहसहरु गरेर, बिचार मन्थन गरेर, जनताको हित कसरी हुन्छ भन्ने विषयमा केन्द्रित रहेर निष्कर्ष सहित, नगरपालिका मार्फत् कार्य संचालन गर्दै गैरहेका छौँ ।
त्यस बेलाका एजेण्डाहरुलाई हामीले एकठाँउमा केन्द्रित गरेर तिनै एजेण्डाहरुकै आधारमा अहिले काम गरिरहेका छौँ ।’ तत्कालिन एमालेले आफ्नै ढङ्गबाट वा हामीले आफ्नै ढङ्गबाट सोच बनाउने होइन । सिङ्गो पार्टीले जनताको हितमा सोंच बनाउने गर्दछ, सोहि अनुरुप नगरपालिका मार्फत् हामीले क्रमशः कार्यान्वयन गरेका छौ ।’
अब डेढ वर्ष बाँकी
२०७४को स्थानिय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको कार्यकाल सकिन र निर्वाचन आउन अब डेढ वर्ष बाँकी छ । तर अब फेरी स्थानिय तहमा फर्किएर स्थानिय तहकै राजनितिमा केन्द्रित रहनु पर्छ भन्ने सोंच नभएको फुयाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘अब डेढ वर्ष पछिको नयाँ निर्वाचनमा आफु या अरु जो कोहि नै किन नहोस्, जनमत प्राप्त गरेर काम गर्नुपर्ने भैसकेपछि गर्ने भनेको जनताको सेवा नै हो ।
त्यसैले अब अर्को चोटि काम गर्दा अहिलेको ५ वर्षको अवधिमा पहिला उठेका कुराहरुको समिक्षा गरेर, कति पुरा गर्न सकियो कति सकिएन त्यसको मुल्याङ्कन गरेर, बाँकी रहेका कामलाई पुर्णता दिन तिर लाग्नु पर्छ । र नयाँ साेंचका साथ पनि अधि त बढ्नु नै पर्छ ।’
कोरोना महामारी प्राथमिकता
कोरोना महामारी नियन्त्रण तथा रोकथाममा नगरपालिकाले प्राथमिकता दिएर काम गरेको फुयालको बुझाई छ । उहाँका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाले नेपालमै पहिलो पटक आधा घण्टामै पीसीआर रिपोर्ट जाँच्न सक्ने सुबिधा नगर अस्पताल मार्फत् काम थालेको, नगरपालिका हाल क्वारेन्टिन र आइसोलेसनको पनि आवश्यकता अनुसार व्यवस्थित गर्न सक्ने खालको पुर्व तयारीका साथ बसेको छ । समय सापेक्ष ढंगबाट गरिनुपर्ने सम्पूर्ण काम नगरपालिकाले गरिरहेको फुयालले बताउनुभयो ।
औषत काम
संघियताको कार्यान्वयन, संघियता अनुुरुप कर्मचारीहरुको व्यवस्थापन, कोरोना भाईरसको महामारी आदि जस्ता कारणले गर्दा तीन वर्षको अवधिमा स्थानिय तहमा जति काम हुनु पर्थ्यो, त्यति हुन नसकेको फुयालको भनाइ छ । ‘कर्मचारी खटाउने, समायोजनका काम, संघियतालाई कार्यान्वयन गर्नु पर्ने कामहरु टुङ्गिसकेका छैनन् ।
कहिले को फेरीने कहिले को फेरीने हुँदा प्रशासनिक कठिनाईका कारण तीन वर्षको अवधिमा स्थानिय तहमा कामले चुस्तता लिन नसकेको हो । राजनितिक नेतृत्व भएर मात्र हुदैन, प्रशासनिक नेतृत्वको पनि सृद्रिढिकरणले मात्रै परिणाम निकाल्न सकिन्छ ।
यो तीन वर्षको अबधिमा जति पनि काम हुन पर्थ्यो ति कामलाई नयाँ ढंगले अबको डेढ बर्षको अवधिमा सम्पन्न गर्ने गरी अधि बढिरहेको र जनअपेक्षा अनुरुप हेर्ने हो भने नगरपालिकाले औषत काम गरेको फुयाल बताउनु हुन्छ ।










