भदौ ८, काठमाडौंको कागेश्वरी मनाेहरा नगरपालिकाकी एक महिलाकाे त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ ।
४८ वर्षकि ती महिलाको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभएकाे छ ।
उहाँकाे मुटु, पित्तथैली र मिर्गौलाको समस्या देखिएको पनि डाक्टर अधिकारीले बताउनुभयाे ।
साउन २८ गते उहाँमा काेराेना संक्रमण पुष्टि भएकाे र अरु थप जानकारी आउन बाँकी छ ।











