Ad #144479

अजय खत्री

८ भदौ, काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपलिका वडा नं १ गागलमा रहेको कागेश्वरी मन्दिरमा स्थानिय समाजसेवीहरुको व्यक्तिगत खर्चमा घण्टा राख्ने काम सम्पन्न भएको छ ।

चिनारी सर्टिङ्ग सुर्टिङ्गका संचालक विनोद थापा, गंगाराम बस्नेत र राजन थापाको संयूक्त खर्चमा कागेश्वरी मन्दिरमा साढे बीस किलाेकाे घण्टा राखिएको हो । चिनारि सर्टिङ्ग सुर्टिङ्गका संचालक विनोद थापाका अनुसार याे घण्टा वनाउन ३४ हजार र मन्दिरमा राख्ने लगाएतका काम समेत गरेर जम्मा ५५ हजार रुपैयाँ खर्च भएको बताउनुभयो ।

थापा भन्नुहुन्छ, परिवर्तन चाहनेले आफ्नै स्थरबाट समाज विकासका लागि जति सकिन्छ गरेर देखाउने हो । र सामाजिक प्राणि भएपछि सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्ने उहाँको भनाई छ । थापा भन्नुहुन्छ “ हामी चिया पसलमा बसेर देश नबनेको र नेताहरुले देश बिगारे मात्र भन्छौं तर आफ्नो ठाउँबाट कति गर्याै भनेर कहिलै सोच्दैनौ, मन्दिरमा घण्टा राख्नु हाम्रो सामाजिक दायित्व महशुस गरेर हामिले राख्यौ ।