जय कागेश्वरी महादेव ! हेर्नुस दोस्रो साउने सोमबार फोटो फिचर

 रमिता दंगाल
साउन १२।  साउनको दोस्रो सोमबार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा निकै चहलपहल देखियो। साउने सोमबारको दिन चोखो मनले वर्त बस्दा पारिवारीक सुख, शान्ती र मनोकांक्षा पूर्ण हुने विश्वास रहिआएको छ । विशेष गरी साउनको सोमबार भगवान शिवको  पूजा आराधना गरी वर्त गर्ने चलन छ ।
यो वर्ष कोरोना भाइरसको महामारीका कारण  व्रर्तालुको शिवालयमा चहलपहल निक्कै कम छ । सरकारले लकडाउन गरेपछि सुनसान मठमन्दिर लकडाउन खुकुलो भएपनि दर्शनार्थीका लागि खोलिएको छैन ।  नगरपालिकाले धार्मिक पर्यटकीय स्थलका रुपमा कागेश्वरी महादेव मन्दिरलाइ महत्व दिदै आएको छ ।