अजय खत्री
३० असार, काठमाण्डौंं । कागेश्वरी मनोहरा नगरपालिकाको दुधेगाँउ कृष्णमन्दिर देखि कागेश्वरीधामसम्म जाने १ हजार ७४३ खुट्किलो सिडीको पहिलो चरणको काम सम्पन्न भएको छ । कागेश्वरी धाम मुलढोका सिडी निर्माण उपभोक्ता समितिले पहिलो चरणको काम सम्पन्न गरेको हो ।
वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयालको पहलमा प्रदेश सरकारबाट विनियोजित १० लाखमा ३६ मीटरको पल्मवाल ‘ साइड पर्खाल ’ र १४ मि ७५ सेमी सिडी निर्माण गरिएको र २० मिटर सिडी निर्माण उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी ढकाल स्वयमले आफ्नो पुर्बघोसित प्रतिबद्दता अनुसार गरेको जानकारी दिए भने वडा नं. १ का वडाध्यक्ष मुकुन्द गजुरेलले व्यक्तिगत सहयोगमा सिडीमा ढुङगा बिछ्याउने काम आफ्नो तर्फ बाट गर्ने प्रतिबद्दता गरेको पनि अध्यक्ष ढकालले बताए ।
एक घर, एक खुट्किलो निर्माण भन्ने नाराका साथ शुरु गरिएको अभियानमा आन्तरिक पर्यटन वृद्धि गर्ने लक्ष्य छ । कागेश्वरी मनोहराको कृष्णमन्दिरमा थप तीर्थयात्री ल्याउन र आकर्षक बढाउन सिडी निर्माणको काम थालिएको उपभोक्ता समितीका सदस्य शिवराम बस्नेतले जानकारी दिए ।