प्रदेश सरकारको सहयोगमा दाहाल गाउँमा पार्क

कविता चापागाई
काठमाडौं । बाग्मति प्रदेश सरकारको ५० लाख रुपैयाँ सहयोगमा कागेश्वरी मनोहरा नगरपालिका वडा न ९ दाहाल गाउँमा पार्क निर्माण गरिदैछ । प्रदेश सरकारले पार्क निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गरेपछि पार्क निर्माणको काम शुरु भएको हो ।
वडाध्यक्ष कुन्दन खड्काका अनुसार दाहाल गाउँको २० रोपनी सरकारी जग्गामा पार्क निर्माण गर्न लागिएको हो । सरकारी जग्गाको सुरक्षा गर्न, पर्यटकीय सुन्दरता बढाउन र नगरका स्थानीय तथा बालबालिकालाई खाली समय बिताउन पार्क निर्माण गर्न लागिएको वडाध्यक्ष खड्काको भनाई छ ।
प्रदेश सरकारको बजेट पार्क निर्माणको काम रफ्तारले अघि बढेको वडा सदस्य सविन दाहालले बताए । दाहाल गाउँमा रहेको सरकारी जग्गा सुरक्षाकै लागि पार्क निर्माण गर्नुपरेको उनको भनाई छ । २०७५ सालदेखि शुरु गरिएको पार्क निर्माणको काम रफ्तारले बढेको भएपनि सुस्त देखिन्छ ।
खासगरी बालबालिकालाई केन्द्रित गरेर पार्क निर्माण गर्न लागिएको केही संरचना निर्माणमा छलफल गर्दा ढिलाई भएको जनप्रतिनिधिहरुको भनाई छ । आउँदो बर्षसम्म पार्क निर्माणको काम सकिने वडासदस्य दाहालले बताए ।
[sidebar name="button post"]