निर्वाचन कार्यतालिकासहित आज मनोनयनपत्र दर्ता हुँदै

२३ असोज, काठमाडौँ । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत आज मनोनयनपत्र दर्ता हुँदै छ । निर्वाचन आयोगले निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ । उम्मेदवारको बन्दसूची पनि दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ आयोगमा बुझाइसकेका छन् ।

प्रत्यक्षतर्फ आज उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक कागजातसहित गएर मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ ।

मनोनयनपत्र दर्ता गरिएको उम्मेदवारको सूची आज बेलुका ५ देखि ७ बजेसम्म प्रकाशन गरिने कार्यतालिका रहेको छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ ।

असोज २६ गते दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ । सोही दिन अपराह्न ४ देखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

[sidebar name="button post"]