यी हुन् जसपाले टुङ्ग्याएका १२ उम्मेदवार(सूचीसहित)

जनता समाजवादी पार्टी (जसपा)नेपालले मधेश प्रदेशमा पाएको १७ सिटमध्ये १२ सिटमा उम्मेदवारको टुंगो लगाएको छ । एमालेसँग चुनावी तालमेलको सहमति भएसँगै जसपाले १२ क्षेत्रमा उम्मेदवार टुंग्याएको हो।

सहमतिमा प्रतिनिधिसभातर्फ एमालेले ३५ र जसपाले १७ भने प्रदेशसभातर्फ एमालेले ७० र जसपाले ४२ सिट पाउने छन् ।

जसपाले टुङ्ग्याएका उम्मेदवारहरु को कहाँबाट ?

सप्तरी क्षेत्र नम्बर २ : उपेन्द्र यादव

सिरहा क्षेत्र नम्बर २ : राजकिशोर यादव

सिरहा क्षेत्र नम्बर ४ : वीरेन्द्र महतो

धनुषा क्षेत्र नम्बर १ : दीपक कार्की

धनुषा क्षेत्र नम्बर २ : गंगाराम यादव

धनुषा क्षेत्र नम्बर ४ : महाजन यादव

सर्लाही क्षेत्र नम्बर १ :प्रमोद शाह

सर्लाही क्षेत्र नम्बर ४ : राकेश मिश्र

बारा क्षेत्र नम्बर २ : रामसहाय प्रसाद यादव

बारा क्षेत्र नम्बर ३ : रामबाबु कुमार यादव

पर्सा क्षेत्र नम्बर १ : प्रदीप यादव

पर्सा क्षेत्र नम्बर २ : सुरेन्द्र कुर्मी

[sidebar name="button post"]