कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ ले आर्थिक वर्ष २०७९/०८० का लागि योजना छनौट कार्यको लागि स्थानीय संग छलफल गरि योजना संकलन कार्य गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ को सुर्यमण्डलीमा वडा अध्यक्ष सुरज खड्काको संयोजकत्वमा भएको उक्त छलफलमा स्थानीयले विभिन्न विकास कार्यको चासो लिनुका साथै आवश्यक विकासका योजना माग गर्दै विभिन्न सुझाव दिएका थिए ।
वडाको चौतर्फी विकासका लागि सबैको राय–सुझाव र नमुना योजना माग गरिएको बताउदै अध्यक्ष खड्काले वडालाई समृद्द बनाउनको लागि सबैको सहयोग आवश्यक रहेको भन्दै रचनात्मक सुझाब दिएर सहयोग गर्न पनि उनले वडा बासीलाइ अनुरोध गरेका थिए ।
वडाले कार्यतालिका छुट्टयाएर टोल टोलमा बजेटको प्राथमिकता संगै योजना संकलन गरिरहेको छ ।
[sidebar name="button post"]








