चुनाव जित्छु, कुनै दुई मत नै छैन- शिवराम बस्नेत

२० वैशाख, काठमाडौं । आसन्न स्थानीय निर्वाचनका लागि कागेश्वरि मनाेहरा नगरपालिकाका वडा नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता शिवराम बस्नेतले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि कागेश्वरि नगरपालिकाको तर्फबाट पार्टीले बस्नेतलाई सिफारिस गरेको छ । नेकपा एमाले विभाजन भएर अहिले नेकपा एमाले र नेकपा एकीकृत समाजवादी भएको छ । कागेश्वरि नगरपालिका अघिल्लो चुनाव नेकपा एमालेले जितेको थियो । तर विभाजन भएपछि मेयर नेकपा एकीकृत समाजवादीमा गएका थिए ।

तर आलापोटमा विभाजन भए पनि नेकपा एमाले । पहिलाको जस्तै मजबुत छ । कागेश्वरि नगरपालिकाका वडा २ मा वडा अध्यक्षका दाबेदार बस्नेत आफु चुनाव जित्ने ढुक्क भएको बताए छन् । आफू सधै जनताको हितको लागि काम गर्दै आएको छु । त्यसैले गर्दा पनि आफ्नो संगठन मजबुत छ । शिक्षा, सडक, खानेपानी, युवा स्वरोजगार कार्यक्रम लाउने योजना बनाएको उनले बताएका छन् । यहि बिषयमा हामीले वडा अध्यक्षका दाबेदार बस्नेतसँग केहि प्रश्न गरेका छौँ ।

वडा अध्यक्षमा तपाईंले उम्मेदवारी दिनुको कारण के हो ?
म सामाजिक विकास निर्माणमा विगत ३ दशक देखिनै लागिरहेको हुनाले नै आफूलाई जनताले अघि बढ्ने सहयोग गररे पछि आफूले उम्मेदवारी दिएको हौँ । साथै सक्रियता भएकै कारण आफूलाई पार्टीले टिकट दिएको हो ।

राजनीतिकमा भन्दा पनि सामाजिककार्य लागेको मिडियामा आइरहेको हुन्छ ? के के गर्नु भो ?
आफूले पहिला स्कुल देखिने सुरु गरेको । साथै म विद्यालय उपभोक्ता समितिको अध्यक्ष बन्ने मौका पाएको थिए । साथै सडक विस्तारमा पहल गरेको । यसको पहल नेकपाका नेता रामशरण फुयाल त्यतिबेला उहाँ जिल्ला उपसभापति थिए । उनले कृष्ण चौर ठूला ढिक सडकलाई बजेट छुटाई दिनुभयो । त्यो बजेटबाट महिले जुन ठाउँमा पुल बन्ने थियो । बन्ने ठाउँमा सडक थिएन् । तर सडककै नबनी पुल निर्माण गरे । अहिलेको परिस्थितिमा कृष्ण चौर ठूला ढिक सडक भखरै पिज सम्पन्न भएको छ । र आलापोट खानेपानी उपभोक्ता समितिको अध्यक्षसमेत थिए । २०५८ साल देखिने खानेपानी निरन्तर लगिरहेको छु । अहिले जनताको साथले गर्दा एक घर एक धारा वितरण गर्न सफल भएका छौँ ।आफू

चुनाव जितिसकेको पछि नगर र वडा बसिकालागि के के योजना बनाउनु भएको छ ?
चुनाव जितिसकेपछि पहिलो प्राथमिकता नै स्वास्थ्य हो । दोस्रो महिला तथा युवा स्वरोजगार कार्यक्रम ल्याउने योजना छ । त्यसपछि युवाहरुको लागि खेलकुदको बिकास गर्ने । यातायातको पनि व्यस्थापन गर्ने । र कृषिमा नयाँ बिउ बिजन र बजार ब्यवस्थि गर्ने आफ्नो पहल छ ।ब्यवस्थिव्यस्थापन

चुनाव जित्छु भन्ने विश्वास आफैँप्रत्तिको कत्तिको छ ?
चुनाव जित्छु भने ढुक्क छु । चुनाव जित्छु । कुनै दुई मत नै छैन।

अन्तिममा आम आलापोट बासीलाई के भन्न चाहनुहुन्छ ?
म एक समाजसेवी पनि हौँ । आलापोट बासीले आफूलाई दुई चोटी विश्वास गरि दिएको जिम्मेवारीमा सफल भएको छु । अहिले पनि आलापोट बासीले जिम्मेवारी पुरा गर्ने छु । उनीहरुको मतको सहि कदर गर्ने छु ।

[sidebar name="button post"]