“जनताको हितको लागि वडा अध्यक्षमा उम्मेदवारी दिएको हुँ ” -दिनेश फुयाल

१९ बैशाख, काठमाडौँ । स्थानीय निर्वाचनका लागि कागेश्वरि मनाेहरा नगरपालिकाका वडा नम्बर छ मा नेपाली कांग्रेसका नेता दिनेश फुयालले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

कागेश्वरिमा माओवादी केन्द्र र काँग्रेस बीचमा गठबन्धन नगरपालिका देखि वडासम्म नै गठबन्धन भएको छ । तर नेकपा एकीकृत समाजबादी र कांग्रस र माओवादी बीच सहमति नभएको कारण गठबन्धन नभएको दिनेश फुयालले बताए ।

समाजबादीबाट निवर्तमान मेयर कृष्ण हरि थापा पुनः मेयर मै उठ्ने अडान गर्नु भो । यता हाम्रो पार्टी काँग्रेसबाट मेयरमा उपेन्द्र कार्कीले पनि मेयर उठ्ने अडान भएपछि गठबन्धन हुन् सकेन् । तर समाजबादीलाई भन्दा काँग्रेससंग आफ्नो कुरा मिल्ने भएपछि माओवादी र काँग्रेसबीच नगर देखि वडासम्म गठबन्धन भएको हो । फुयालसंग कुरा गर्दा गर्दै हामीले प्रश्न गरेका छौं ।

तपाईंले उम्मेदवार दिनुको मुख्य कारण के हो ?
मेरो उद्देश्य नै कागेश्वरिलाई कसरी राम्रो र सुन्दर बनाउने । हाम्रो पहिलो उद्देश्य खानेपानी हो । अहिले पनि हामी जमिन मुनिको पनि रोबोट पम गरेर खाएका छौँ । त्यसपछि शिक्षाको सम्बन्धमा सुधारमक कार्यक्रम लिएर जाने ।  अनि स्वास्थ्य, सडक, बिधुत, ढलको विस्तार गर्ने मेरो र कांग्रेस समग्र एजेण्डा हो।

टिकट कसरी पाउनुभयो ? कत्तिको मेहनत गर्नुपर्यो ?
मलाई टिकल लिन त्यति गाह्रो भएन् । म पहिला देखिनै विकास निर्माणका काम र सामाजिक काम अहोरात्र खटिरहेको थिए । सत्ता पक्षले जितेपनि सात साथै जाने विकास निर्माणका कम सहयोग गर्ने गर्थे । उहाँहरुको चाहना पनि मलाई पनि उम्मेदवार होस् भनेर तर पार्टीले पनि मलाई सिफारिस गर्यो । उहाँहरु र यहाँका जनताहरुको चाहना भएका कारण आफुले सहजै टिकट पाएको उनले बटात ।

अन्य नगरपालिका वडामा पाँच दलीय गठबन्धन छ तर यहाँ माओवादी र काँग्रेसको गठबन्धनको हुनुको मुख्य कारण ?
बिगतको देखिको नेपाली कांग्रेसको सुरुदेखि नै हामीले के भनेका थियौं भने नगरपालिका भित्र रहेका सम्पूर्ण नगरबासीहरु संग चुनाब हार्नु कुनै फरक पर्दैन । यसलाई कसरी बिकासमा लैजाने भने एक कार्यक्रम लिएका थियौं । तर निवर्तमान मेयर थापा आफ्नै मनपरी र एक्लैटी तरिकाले जान खोले पछी । अनि सबैले उपेन्द्रनै हुनु पर्छ हामीले यो नगरपालिकामा माओवादीसंग गठबन्धन हुनुको कारण नै उहाँहरुको समजदारी अन्यदलमा उपेन्द्रनै मेयर हुनु पर्छ भने धेरै जनमानसमाबाटसहयोग आएको भएर हामीले गठबन्धन गरेका हौँ ।

नगर र वडामा विकास गर्नको लागि के कस्ता खालका योजना बनाउनु भएको छ ?
हामीले समग्र नगरपालिका र वडाको साथ साथै अन्य बिषयमा वडामा गर्नु पर्ने बिभिन्न कार्यक्रम खानेपानी, स्वास्थ्य र शिक्षा ३ वटा स्कुल छन् । यिनीहरु कसरि राम्रो बनाउने । अहिले हामीसंग दुई वटा उच्च माध्यमिक बिद्यालय छन्। अझ उन्नति गर्दै जाने । आफ्नो पहलमा नगर हस्पिटल पी संचालन गरेका छौँ । अझ स्वास्थ्य अझ सुलभ गर्ने । साथै खेलकुदमा पनि विकास गर्ने । हाम्रै क्षेत्रमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छ । अझै यसला व्यस्थित गर्दै जाने ।

चुनाव जित्नुहुन्छ भन्ने विश्वास आफैँप्रत्तिको कत्तिको छ ?
म एक सामाजिककर्ता पनि हौँ । दश वर्षा देखि इकाई सभापति भएर चलाए । म एक सामाजिक भएको छु । यो पार्टीले गर्नु पर्छ । यो पार्टीले गर्नु पर्दैन भने उद्देश्य नराखेर म सामाजिक भएर हिडेको छु । आफ्नो क्षेत्रमा गरेको बिकास निर्माणका कार्यमा सहभागी भएको र यहाँका स्थानीयवासीलाई सक्दो सहयोग गर्दै हिडेको र उनीहरुसंग मन जित्ने आशा लिएको र आफुले चुनाब जित्ने सक्ने भने आफु पर्णविश्वासमा छु ।

[sidebar name="button post"]